मुख्यमन्त्री भट्टद्वारा भागिरथी भट्टको परिवारलाई आर्थिक सहयोग प्रदान

मुख्यमन्त्री भट्टद्वारा भागिरथी भट्टको परिवारलाई आर्थिक सहयोग प्रदान

केन्द्रबिन्दु
0
Shares

गत वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको परिवारलाई शनिबार आर्थिक सहयोग प्रदान गरिएको छ।

नेपलिज एशोसिएशन अफ भिक्टोरिया (न्याभ) र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न (अष्ट्रेलिया)द्वारा उपलब्ध गराइएको दुई लाख ७० हजार ८४० सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदान गरे। विकासमा सिर्जनशीलता नेपालको नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।

नेपालिज एशोसिएशन अफ भिक्टोरिया (न्याभ) अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका नेपालीहरुको सबैभन्दा पुरानो सामाजिक संस्था हो। यस संस्थाले नेपाली समुदायका लागि आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै कोरोना भाइरसका कारणले विपतमा परेका नेपाली र अन्य बहुसांस्कृतिक समुदायका मानिसलाई सहयोग पुर्याउँदै आएको बताइएको छ।

Skip This
Skip This
Logo