स्याङ्जा ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई अभिभावकविहीन भएको महसुश हुन नदिने बताएकी छिन् ।
स्याङ्जाको वालिङ १४ तमादीमा शुक्रबार आयोजित श्रद्धाञ्जलिसभामा मन्त्री अर्यालले पहिरोले पुरिएर नौ जनाको ज्यान गएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई कहिल्यै पनि अभिभावकको कमी भएको महसुश हुन नदिने बताएकी हुन् ।
मन्त्री अर्यालले भनिन्, “परिवार गुमाउनुको पीडालाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्नु पर्छ । भोलि रुने दिन आउन दिंदैनौँ सरकार यहाँहरुको साथमा छ ।” पहिला घर भएको ठाउँमा अब बस्न नहुने भएकाले घर बनाउनका लागि सरकारले सहयोग गर्ने मन्त्री अर्यालले बताइन्।
असोज ८ गते बिहान माया नेपालीको घर माथिबाट आएको पहिरोमा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरसमेत भत्किएपछि बाँकी बचेका परिवारका सदस्यले विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् ।































प्रतिक्रिया