४ किलो सुनसहित विमानस्थलबाट २ जना पक्राउ

४ किलो सुनसहित विमानस्थलबाट २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बाँकेमा ४ किलो सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । त्रिभुवन विमानस्थल हुँदै श्री एयरमार्फत नेपालगञ्ज आएका दुई जनालाई विमानस्थलबाटै पक्राउ गरेकाे हाे । उनीहरू शुक्रबार अपरान्ह पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षीय बुद्धीमान खाती रहेका छन् । प्रहरीका अनुसार उनीहरूले जुत्ताभित्र लुकाएर उक्त सुन भारततर्फ तस्करी गर्न लागेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरिएकाे हाे । 

 

Skip This
Skip This
Logo