जसले दाजुको ज्यान मार्तल प्रहार गरेर लिए…

जसले दाजुको ज्यान मार्तल प्रहार गरेर लिए…

केन्द्रबिन्दु
0
Shares

भात्रु राजवंशी र रतन राजवंशी दाजुभाइ हुन्। शनिबार (अस्ती) भने उनीहरूबीच खटपट भयो।

एकदिन पछि हिजो बिहान भात्रु मृत भेटिए। झापा प्रहरी प्रवक्ता राकेश थापाका अनुसार प्रहरीलाई बिहान अन्दाजी ७ : ३० बजे कोठामै भात्रु मृत भेटिएको खबर खायो।

लगत्तै घटना अनुसन्धान र घटनामा संलग्नलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोली घटनास्थल पुग्यो। 

प्रवक्ता थापा प्रहरी टोलीले भात्रुलाई उनी सुतेकै कोठामा मृत अवस्थामा फेला पारेको बताउँछन्।

त्यसपछि प्रहरी टोली एकातिर मृतकको शव प्रकृति मुचुल्का तयार गर्नतिर लाग्दा अर्कातिर घटनामा संलग्न भनिएका रतनको पनि खोजीमा जुट्यो।

अन्ततः ३७ वर्षीय रतनलाई प्रहरीले झापाकै मेचीनगर नगरपालिका–१५ बाट हत्यामा प्रयोग गरिएका मार्तलसहित पक्राउ गरेको छ।

आज जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रवक्ता थापाले बताए।

उनीहरूको घर झापाको कचनकवल–३ केचना हो तर विर्तामोड–४ मा डेरा बस्दै आएका थिए।
 

Skip This
Skip This
Logo