घटना अनुसन्धान गर्न खटियो डीएसपी नेतृत्वको टोली

घटना अनुसन्धान गर्न खटियो डीएसपी नेतृत्वको टोली

केन्द्रबिन्दु
0
Shares

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख (डीएसपी) लालध्वज सुवेदी नेतृत्वको टोली घटनास्थल जाँदै छ।

टोलीलाई घटनास्थल पुग्न करिब तीन घण्टा लाग्ने सुवेदीलाई बताए। घटनास्थल मादी नगरपालिका–१ खोलागाउँ हो। जुन तेह्रथुम सीमा नजिक पर्छ।

घटनास्थल पुगेपछि मात्रै थप विवरण आउने सुवेदीले केन्द्रविन्दुलाई बताए। उनैले घटनाको अपराध अनुसन्धान गर्ने भएका छन्।

गएराति मादी–१ का ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो।

उनीहरूको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव आज बिहान फेला परेको हो।
 

Skip This
Skip This
Logo