खोलागाउँ हत्याकाण्ड : वडाध्यक्ष कटुवाल भन्छन्, ‘यस्तो घटना कहिल्यै देखेको थिइनँ’

खोलागाउँ हत्याकाण्ड : वडाध्यक्ष कटुवाल भन्छन्, ‘यस्तो घटना कहिल्यै देखेको थिइनँ’

केन्द्रबिन्दु
0
Shares

संखुवासभाको मादी नगरपालिका वडा नम्बर–१ का अध्यक्ष खेमनाथ कटुवालले खोलागाउँमा जस्तो आपराधिक घटना भएको कहिल्यै थाहा नभएको बताएका छन्।

घटनापछि गाउँवासी त्रासमा रहेको बताए।

‘यत्रो आपराधिक घटना घटेको मैले थाहा पाएको थिइनँ’, वडाध्यक्ष कटुवालले केन्द्रविन्दुसँग भने, ‘घटना ठूलो भयो, गाउँवासी त्रासमा छन्।’
उनले घटनाबारे बिहान ९ बजेतिर थाहा पाएको बताए। लगत्तै घटनास्थल जाँदा जताततै शव देखिएको उनको भनाइ छ।

घटनाबारे अनुसन्धानका लागि मादीबाट प्रहरी टोली आइसकेको र जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय धरानदेखि प्रहरी टोली आइपुग्न बाँकी रहेको बताए।

हालसम्म घटना कतिबेला र कसको संलग्नतामा भयो भन्ने खुलेको छैन।

गएराति मादी–१ का ५८ वर्षीय तेजबहादुरसँगै ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो।

स्थानीय शिक्षक योगेन्द्र ओझाले घटनाबारे १० बजे थाहा पाएको र जाँदा शवहरू जताततै देखिएको बताए। 

उनका अनुसार तेजबहादुरको शव घरदेखि अलिक परतिर रोडमा, उनकी श्रीमती मनमाया र बुहारी रञ्जनाको शव घरदेखि अलिक परको खोला, आमा पार्वतको शव घरभित्र र नाती र नातिनाको शव घरदेखि माथि खरबारीमा फेला परेको छ।

आँखा देख्न र सुन्न सक्ने अवस्थामा नरहेका बौद्धमान भने सकुशल रहेको ओझाले बताए।
 

Logo