झापामा मोटरसाइकल ठोक्किँदा एक जना मृत्यु

झापामा मोटरसाइकल ठोक्किँदा एक जना मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापाको कचनकवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका-६  निवासी ३८ वर्षीय सोम दहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। 

प्रहरीका अनुसार सोमबार राति ८ बजे बनियानी बालुवाडी भित्र सडक खण्ड अन्तरगत कचनकवल– ६ स्थित होसना बोडिङ स्कुल अगाडी तीव्र गतिमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको  मे १० प ५३८९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २१३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। 

दुर्घटना परी कचनकवलका २५ वर्षीय करण  राजवंशी, सोही मोटरसाइकलको पछाडि सवार कचनकवल ३ निवासी १८ वर्षीय जयमति राजवंशी घाइते भएका थिए।

घाइते राजवंशीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जनाइएको छ। घाइते जयमतिको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ।

Skip This
Skip This
Logo