ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ

ब्राउनसुगरसहित एक जना भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

झापा।

दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११.६५ ग्राम ब्राउनसुगर बरामद गरेको उनले बताए। पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने भएको छ ।रासस

Skip This
Skip This
Logo