भारतीय कम्पनी डाबरलाई नेपालमा भित्र्याउने व्यवसायी राणाको निधन

भारतीय कम्पनी डाबरलाई नेपालमा भित्र्याउने व्यवसायी राणाको निधन

केन्द्रबिन्दु
0
Shares

बहुराष्ट्रिय कम्पनी डाबरलाई नेपाल भित्र्याएका व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । 

नेपाल-भारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका राणाको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो ।

राणा मिर्गौला, मधुमेह र रक्तचाप सम्बन्धी समस्याबाट पीडित थिए । राणा प्रथम जननिर्वाचित अर्थमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेर राणाका कान्छा छोरा हुन् । 

डावर नेपाल सन् १९९० मा स्थापना भएको हो । उनी डाबर नेपालको प्रबन्ध निर्देशक पनि भएका थिए । डाबरका उत्पादनहरुको नेपाल र भारत दुबै मुलुकमा राम्रो व्यापार रहेको छ । 

उनी सन् २००९ देखि २०११ सम्म भारतका लागि नेपाली राजदूत थिए। उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव पनि बनेका थिए ।

Skip This
Skip This
Logo