अनाधिकृत सेवा लिएको अभियोगमा मुद्दा दायर

अनाधिकृत सेवा लिएको अभियोगमा मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसनधान आयोगले अनाधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा तनहुँको साविक घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित ६ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार दशैँ खर्च परिषद् तयारी खर्च भनी अनाधिकृत सुविधा लिएको, परिषद्को निर्णय बिना नै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यैदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको पाइएपछि गाविस सचिव न्यौपाने विरुद्ध एक लाख ४७ हजार ३६४ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको हो ।

यस्तै, आयोगले तत्कालीन इन्जिनियर शुकदेव अधिकारी विरुद्ध ६३ हजार ७५०, तत्कालीन योजना अधिकृत गणेश घिमिरे विरुद्ध ६३ हजार ७५०, तत्कालीन इन्जिनियर तीर्थराज ढुङ्गाना विरुद्ध रु ७२ हजार २५० बराबरको बिगो दाबी गरिएको छ । यस्तै, लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनाललाई भने कानुनअनुसार कारवाहीको माग गरिएको छ ।

यस्तै आयोगले नदीजन्य पदार्थको उत्खनन् तथा निकासीको ठेक्कामा राजश्व छली गरेको अभियोगमा नवलपरासी (बर्दघाट पश्चिम) मा कार्यरत एसआरडी कन्ट्रक्सन प्रोपाइटरहरू रमेश पराजुली र सन्दीप केसीविरुद्ध ७५ लाख ८० हजार ६४९ बराबरको बिगो कामय गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

उनीहरूले फर्जी बिल प्रयोग गरी राजश्व छली गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

Skip This
Skip This
Logo