टिकटक बनाउने क्रममा नवदुलही सेती नदीमा बेपत्ता

टिकटक बनाउने क्रममा नवदुलही सेती नदीमा बेपत्ता

केन्द्रबिन्दु
0
Shares

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदीमा टिकटक बनाउने क्रममा एक नवदुलही बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

५ दिन अघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । मंगलबार दिउँसो दुई साथीहरुसँग घुम्न पुलचोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा खसेर बेपत्ता भएकी हुन् । 

नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता लम्सालको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Logo