स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २२० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४३ हजार ५२६ पुगेको छ।
नेपालमा आज १ हजार ७६० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४२८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ३०३ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८० हजार ८२४ जना र एन्टीजेन परीक्षणबाट ८७ हजार ८४१ जना पुगेको छ।
आज ७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ।
आज १६ हजार ८४४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख ५७ हजार ३८३ जनाको पिसिआर र ५ लाख २४ हजार ४८५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।
काठमाडौं उपत्यकामा ४९५ जना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ३६०, भक्तपुरमा ६३ र ललितपुरमा ७२ जना थपिएका हुन्।





























प्रतिक्रिया