स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६८९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ।
नेपालमा आज १ हजार ५११ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३४६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७७२ रहेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८१ हजार ९८९ जना र एन्टीजेन परीक्षणबाट ८८ हजार १८७ जना पुगेको छ।
आज ११ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ।
आज १५ हजार १७९ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख ६८ हजार ५९१ जनाको पिसिआर र ५ लाख २८ हजार ४५६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।
काठमाडौं उपत्यकामा आज ४३० कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा आज ४३० जना संक्रमित थपिएका छन्। आज काठमाडौंमा २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना थपिएका हुन्।





























प्रतिक्रिया