नेपालमा आज १ हजार ३५१ जना निको भए, १ हजार ५५८ संक्रमित थपिए

नेपालमा आज १ हजार ३५१ जना निको भए, १ हजार ५५८ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३५१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४६ हजार ५६६ पुगेको छ।

नेपालमा आज १ हजार ५५८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४७२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८३ हजार ७५ जना र एन्टीजेन परीक्षणबाट ८८ हजार ६५९ जना पुगेको छ। 

आज १० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ।

आज १२ हजार ३८५ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४० लाख ७७ हजार २५६ जनाको पिसिआर र ५ लाख ३२ हजार १७६ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo