उठाइयो इन्द्र जात्राको लिङ्गो

उठाइयो इन्द्र जात्राको लिङ्गो

केन्द्रबिन्दु
0
Shares

वर्षा र सहकालका देवता इन्द्रको नाममा इन्द्र जात्राको लिङ्गो ठड्याइन्छ । 
हनुमानढोका परिसरमा बिहान ६ बजेर ५१ मिनेटको  साइतमा इन्द्रध्वजोत्थान गरिएको हो । 

कोरोना संक्रमणको जोखिमको कारण गत वर्ष पूजा बिधि मात्र गरिएको इन्द्रजात्राको इन्द्रध्वजोत्थान यसपाली सम्पूर्ण बिधिबिधान अनुसार उठाइएको छ ।  

आज उठाइएको लिङ्गोको छनौटदेखि उठाउने समयसम्म र जात्रा सकिएपछि ढाल्ने सम्मको बिधि साइत हेरेर गर्ने चलन छ । जसअनुसार भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो । त्यसै दिन बेलुकी ७ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो । 

लिङ्गोका लागि रुख काट्नेलगायत सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको थियो । भदौ २९ गते बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गोलाई  नगर प्रवेश गराइएको थियो । 

इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ।  

असोज ८ गते नानिचा यात्रा गरिसकेपछि त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ ।  

इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार गई जात्रा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।  

Skip This
Logo