इन्द्रावती नदीमा डुबेको अवस्थामा एक महिलाको शव भेटियाे

इन्द्रावती नदीमा डुबेको अवस्थामा एक महिलाको शव भेटियाे

केन्द्रबिन्दु
0
Shares

इन्द्रावती नदीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ। इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती नदीमा भेटिएको शव ५५ वर्षीया जुना सार्कीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

उनी २८ भदौ बिहान छोरी पार्वती सार्की र नातिनीलाई पुर्याउन पाँचपोखरी थाङपाल गाउँपालिका-७ स्थित छोरीको घरमा गएका थिए। २९ भदौ बिहान छोरीको घरबाट आफ्नो घरतर्फ फर्के पनि दुई दिनसम्म घरमा नआइपुगेकाले परिवार र आफन्तले खोजतलासका लागि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी कार्यालयबाट गएको टोलीले खोजतलास गर्ने क्रममा शुक्रबार इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती नदीमा पानीमा डुवेको अवस्थामा शव फेला पारेको थियो। उनको शव परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।न्युज कारखाना

Skip This
Logo