मुस्लिम आयोगद्वारा मुस्लिम गणक राख्न आग्रह

मुस्लिम आयोगद्वारा मुस्लिम गणक राख्न आग्रह


मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको छ । 

मुस्लिम आयोग र केन्द्रिय तथ्यांक विभागबीच भएको छलफलमा आयोगले मुस्लिम समुदाय धेरै भएको जिल्लाहरुमा मुस्लिम गणक राख्न आग्रह गरेको हो । 

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गत जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्यांक विभागसँग आग्रह गरिएको बताए ।

उनले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पमप्लेट बाँड्ने जस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको बताए ।

अध्यक्ष अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्यांक विभागको टीमबीच सहकार्य गरेर घरदैलोमा जाने जनाए ।

जनगणनामा अधिकांश विदेशिएका मुस्लिम युवाहरु छुटेको भन्दै यसपटकको जनगणनामा नछुटाउन आग्रह गरिएको पनि जानकारी दिए । 

छलफलमा तथ्यांक विभागका तर्फबाट उपमहानिर्देशक हेमराज गिरी सहभागी थिए । 

Logo