पर्यटकका लागि खुल्यो अनअराइभल भिसा

पर्यटकका लागि खुल्यो अनअराइभल भिसा

केन्द्रबिन्दु
0
Shares

सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ । यसबारे औपचारिक निर्णय भने आज हुने स्रोतले जनाएको छ ।

सरकारको निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने भएको हो ।

यस्तै खोप नलगाए पनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुले पनि विमानस्थलमै अनअराइभल भिसा पाउने भएका छन् । यस्तै सरकारले विदेशी नागरिकहरुका लागि अनिवार्य गरेको १० दिने क्वारेन्टाइन पनि बन्द गरेको छ ।

Logo