४ कात्तिक २०७८ बिहीबार

भूकम्पको धक्का महसुस

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज भूकम्प गएको छ। राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो। 

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ।  

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत असोज ४ गते पनि दार्चुलाको खर्रा केन्दुबिन्दु बनाएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको थियो।

समाज

प्रकाशित: ८ असोज २०७८ २२:१९ शुकर्‍बार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी