नागढुङ्गाबाट ९५ लाखसहित दुई जना पक्राउ

नागढुङ्गाबाट ९५ लाखसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

स्रोत नखुलेको रु ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा गए राति उक्त रकमसहित भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र  सोही ठाउँका १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो  । 

सागरका साथबाट रु ४५ लाख र कृष्णका साथबाट रु ५० लाख बरामद गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ६६४५ नम्बरका माइक्रोमा सवार उनीहरूले झोलामा उक्त रकम लुकाई छिपाइ ल्याएका थिए । उनीहरूले पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo