बाँके र धरानमा आज ३ जना कोरोना संक्रमितको मृत्यु

बाँके र धरानमा आज ३ जना कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बाँके र धरानमा आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बाँकेमा २ जना र धरानमा एक संक्रमितको मृत्यु भएको हो ।

बाँकेको कोहलपुर नगरपालिका १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत ४१ वर्षीय पुरुषको आज मृत्यु भएको हो।

उनीहरु मध्ये एक जनाको बिहान २ बजे र अर्का एकको बिहान ३ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। अब बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

उता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । उनी मोरङको सुनबर्सी ७ का ६८ वर्षीय पुरुष रहेको र आज बिहान ३ बजे उनको मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए ।असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

Skip This
Skip This
Logo