वर्षमान पुन उपचारका लागि आज थाइल्याण्ड जाँदै

वर्षमान पुन उपचारका लागि आज थाइल्याण्ड जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन उपचारका लागि बुधबार बिहान थाइल्याण्ड जाँदैछन् । 

सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि बुधबार बिहान थाइल्याण्ड लैजान लगिएको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए । पुनलाई जन्डिसको लक्षण फेरि देखिएपछि उपचारका लागि विदेश लैजान लागिएको हो । जन्डिस आफैंमा रोग होइन । यो कलेजोमा कुनै रोग तथा समस्या भएमा देखिने लक्षण हो ।

नेता पुनलाई लामो समयदेखि जन्डिसको लक्षण देखिँदै आइरहेको छ । यद्यपि उनमा के समस्याका कारण जन्डिसको लक्षण देखिएको हो भन्ने विषयमा भने अझै खुलाइएको छैन ।

पुनका अनुसार मंगलबारसम्मको रिपोर्ट हेर्दा स्वास्थ्यमा कुनै सुधार हुने अवस्था नदेखिएपछि सुमेरु अस्पतालका चिकित्सकसँगको परामर्शमै थाइल्याण्ड लैजाने तयारी गरिएको हो । गत साता स्वास्थ्यमा समस्या देखिएपछि पुन अस्पताल भर्ना भएका थिए । 
 

Logo