पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको मध्यपुर ठिमीस्थित कमलपोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बुधबार पोखरीमा डुबेर खोटाङ जन्तेढुंगा गाउँपालिका घर भएका ६ वर्षीय बालक रोशन खड्काको मृत्यु भएको हो । उनी ठिमी नगरपालिका-८ बोडेमा बस्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार खड्कालाई डुबेको अवस्थामा स्थानीयले खबर गरेपछि प्रहरी पुगेको थियो ।

बालकलाई उद्धार गरी उपचारको लागि नागरिक अस्पताल ठिमीमा लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

Skip This
Skip This
Logo