काठमाडौंको नयाँ बानेश्वरमा एक महिलाको शव भेटिएको छ ।
बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा बेवारिसे अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । शव अर्ध नग्न अवस्थामा भेटिएको छ ।
बागमती खोलाले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा शव भेटिएको हो । शवको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।































प्रतिक्रिया