रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक र एक वृद्ध घाइते भएका छन्। बुधबार आठबिसकोट नगरपालिका-३ स्यालाखदीका २३ वर्षीय कर्णबहादुर बोहरामाथि एक समूहको आक्रमणमा गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख डिएसपी धुर्वकुमार श्रेष्ठले बताए।
खुकुरी प्रहारबाट बोहराको मुख, चिउँडो र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख श्रेष्ठका अनुनसार अभियुक्त फरार छन् । साथै त्यसकाे करिब ३ घण्टापछि ६२ वर्षीय लक्षे विकमाथि समेत खुकुरी प्रहार भएकाे थियो ।
प्रहरीका अनुसार घाइते दुवैलाई हेलीकाेप्टरबाट उद्दार गरिएकाे छ । अहिले कर्णाली प्रदेशमा अस्पतालमा उनीहरूकाे उपचार भइरहेकाे छ ।





























प्रतिक्रिया