काठमाडौं उपत्यकामा दशैँ लक्षित खसी बोका भित्रिन थालेको छ । कोरोना संक्रमणको जोखिम कम भए सँगै खसी बोका किन्नेको भीड बढ्न थालेको हो ।
कोरोना संक्रमण फैलनु अघिका वर्षझैँ पर्याप्त मात्रामा खसी बोका नआएको कारण मूल्यमा वृद्धि भएको छ । हिमाली जिल्लाबाट आउने च्याङ्ग्राहरू पर्याप्त नआएपनि खसी बोकाहरू काठमाडौंका मुख्य बजारमा आउन थालेको छ । काठमाडौं भित्रिने पशु चौपायको स्वास्थ्य परिक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन् ।
अघिल्ला वर्षहरूमा जिउँदो च्याङ्ग्रा ७/८ सय रुपैयाँमा पाइने अहिले १३/१४ सय रुपैयाँ मुल्य पर्न थालेको किन्न आउने उपभोक्ताहरूले गुनासो गरेका छन् । नेपालमा आउने च्याङ्ग्रा हिमाली जिल्लाको साथै मित्रराष्ट्र चीनको सिमावर्ति गाउँबाट पनि आउँछ । कोरोना संक्रमणको जोखिमको कारण सीमा नाका नखुल्दा च्याङ्ग्राको मुल्य बढेको छ ।
काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसी बोका आउन थालेको छ । जिउँदो खसी बोका सरदरमा ७ सय रुपैयाँ देखि ८ सय रुपैयाँमा विक्री भइरहेको व्यवसायीले बताएका छन् ।
काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडल पनि खसी बोका विक्रि गर्दै आएको छ । कम्पनिले भोलि शुक्रवारबाट खसी बोका विक्री गर्ने बताइसकेको छ । यसबाहेक फुलपातीको दिनदेखि काठमाडौंको चोकहरूमा किसान आफैँ आएर समेत खसी बोका बेच्ने गर्दछन् ।































प्रतिक्रिया