दसैं विशेषः खसीको पक्कु कसरी बनाउने ? यस्तो छ विधि (भिडियोसहित)

दसैं विशेषः खसीको पक्कु कसरी बनाउने ? यस्तो छ विधि (भिडियोसहित)


हामी हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादसैंको माहोलमा छौं। दसैंको धार्मिक, साँस्कृतिक पक्ष र महत्व आफ्नै ठाउँमा छ। खासगरी दसैं आफन्तहरुसँग भेटघाट गर्ने, मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गर्ने एउटा महत्वपूर्ण अवसर हो। 

त्यसबाहेक, मीठो मसिनो खाने चाडको रुपमा लामो समयदेखि स्थापित परम्परा पनि हो दसैं।

दसैं लाग्ने बित्तिकै हाम्रो खानपानमा पनि परिवर्तन आउँछ। दसैंमा विभिन्न परिकारहरु पकाइने खाने गरिन्छ। सामान्यतः वर्षदिनभरि जे जस्तो भए पनि दसैंको समयमा सबैको घरमा मीठोमसिनो पाक्ने गर्छ। विशेषतः मासुजन्य परिकारहरु बन्ने र अरुबेलाभन्दा बढी नै त्यस्ता परिकारहरु खाने प्रचलन हुन्छ। 

अष्टमीको दिन नेपालीहरुको घरघरमा खसी, बोका काटिन्छ। घरमा नै खसिबोका नकाट्नेहरुको घरमा पनि दसैंमा मासु हुन्छ। मासुलाई दसैंको विशेष परिकारको रुपमा लिइन्छ। दसैंको मासुलाई विशेष परिकार बनाउन पकाउन र स्वादिष्ट बनाउन पनि जान्नु पर्छ। आज हामी तपाईंहरुलाई खसीको पक्कु बनाउने तरिका सिकाउँदैछौं।

 

Logo