केही ठाउँमा बदली, यस्तो छ आजकाे माैसम

केही ठाउँमा बदली, यस्तो छ आजकाे माैसम

केन्द्रबिन्दु
0
Shares

नेपालमा मनसुन क्रमशः बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपालका तीन प्रदेशमा यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएको हो।

सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिएको हो। बाँकी प्रदेश तथा स्थानमा भने मनसुन कायमै छ। यो हट्न अझै केही दिन लाग्न सक्ने अनुमान मौसमविद्ले गरेका छन्। 

अहिले प्रदेश १ र बाँकी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी क्षेत्रमा सामान्यतया सफा रहेको छ।

आइतबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Logo