पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु

पिङ हाल्ने क्रममा लडेर एक जनाको मृत्यु


दसैंमा रमाइलो गर्न पिङ हाल्ने क्रममा लडेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६, मान्डुमा लिंगे पिङ हाल्ने क्रममा लडेर ५३ वर्षीय प्रेम लामाको मृत्यु भएको हो । 

पिङ हाल्ने क्रममा लडेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा हेटौंडा अस्पतालमा सोमबार राती मृत्यु भएको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार पिङको लठ्ठा बाँध्ने क्रममा लामा खसेका थिए । लडेर गम्भीर घाइते भएका लामालाई हेटौंडा अस्पतालमा लगिए पनि बचाउन नसकिएको प्रहरीले जानकारी दिएको छ । 

Logo