देहिमाडौं जात्रामा साढे तीन सय राँगा र १५ सय बोकाको बलि

देहिमाडौं जात्रामा साढे तीन सय राँगा र १५ सय बोकाको बलि

केन्द्रबिन्दु
0
Shares

बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ। महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीमा राँगा बोकाको बलिसहित सम्पन्न हुने गर्दछ।

जात्रामा करिब साढे ३ सय राँगाको बलि दिइएको छ। २४६ राँगा समितिमा दर्ता गरिएको र सय बढी राँगा थप आएको हुनसक्ने जात्रा व्यवस्थापन समितिले जनाएको छ। 

यसैगरि घटस्थापनादेखि अष्टमीसम्म १ हजार ५ सय बढी बोकाको बलि दिइएको छ। गत बर्ष कोरोनाको प्रकोपका कारण सम्पन्न हुन नसकेको जात्रा यसपालि भने कोरोना महामारीको प्रकोप कम भएकाले धुमधामसँग लागेको छ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका-२ को कार्यालय देहीमाडौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ।

जात्रालाई मर्यादित र व्यवस्थित बनाउनका लागि घटस्थापनादेखि नै देहीमाडौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको वडाध्यक्ष रनबहादुर बोहराले बताए। वडा कार्यालयको निर्णयको कसैले उल्लंघन गरेमा कानुनअनुसार कारवाही हुने बताइएको छ।

यस्तै स्थानीय प्रशासनले पनि जात्रा तथा मेला मनाउँदा शान्ति सुरक्षामा खलल पुर्‍याउने काम कसैले गरेमा कारवाही हुने बताएको छ।न्युज कारखाना

Logo