उदयपुरमा एक गाेठमा आगलागी, २१ बाख्रा जलेर नष्ट

उदयपुरमा एक गाेठमा आगलागी, २१ बाख्रा जलेर नष्ट


उदयपुरको रौतामाई गाउँपालिका–६ भातेमा आगलागी हुँदा २१ वटा पशु जलेर नष्ट भएका छन्। 

सोमबार बिहान एक्कासी सुर्जबहादुर राईको बाख्राको खोरमा आगलागी हुँदा १२ वटा माउ बाख्रा, ३ वटा बोका, ६ वटा पाठी जलेर नष्ट भएको प्रहरी चौकी साउनेले जनाएको छ। 

आगलागीबाट बाख्राको गोठ जलेर खरानी भएको पीडित राईले जानकारी दिए। बिहान १ बजे आगलागी भए पनि आगलागीको कारण पनि खुल्न सकेको छैन। 

आगलागीबाट करिब २ लाख २६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

Logo