खानेपानी कार्यालय प्रमुखलाई अर्धनग्न बनाएर बजार परिक्रमा गराएको विरोधमा प्रदर्शन

खानेपानी कार्यालय प्रमुखलाई अर्धनग्न बनाएर बजार परिक्रमा गराएको विरोधमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । 

बिहीबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै कुशवाहालाई नियन्त्रणमा लिएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । जसको विरोधमा शुक्रवार काठमाडौंमा नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले प्रदर्शन गरेको हो । 

विरोध प्रदर्शनमा सहभागीले पाखुरामा कालो पट्टी बाँधेका थिए भने दोषीमाथि कारबाहीको माग गरेका छन् ।  काठमाडौंको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

Skip This
Skip This
Logo