कोरोना अपडेटः ५६९ जना संक्रमण मुक्त, ५४९ जनामा संक्रमण पुष्टि

कोरोना अपडेटः ५६९ जना संक्रमण मुक्त, ५४९ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ४९० जना र २ हजार ६०१ जनाको एन्टिजेन परीक्षण गर्दा ५९ जना गरी ५४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३८६ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ९० हजार ३५८ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख ११ हजार ८९७ र एन्टीजेनबाट ९४ हजार ४२८ पुगेको छ। 

नेपालमा हाल १० हजार १५१ जना सक्रिय संक्रमित रहेका छन्।

Logo