काठमाडौं उपत्यकामा आज १६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १६८ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज १६८ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १०३, ललितपुरमा ४५ र भक्तपुरमा २० संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३१६ जनाको पीसीआर परीक्षण गर्दा २९७ जना र २ हजार ५९५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ३७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ३९७ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ९१ हजार २६९ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १२ हजार १९४ र एन्टीजेनबाट ९४ हजार ५०३ पुगेको छ। 

नेपालमा हाल ९ हजार ५२६ जना सक्रिय संक्रमित रहेका छन्।

Logo