विश्व सहरीकरण दिवस: सांस्कृतिक सम्पदा मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर

विश्व सहरीकरण दिवस: सांस्कृतिक सम्पदा मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर

केन्द्रबिन्दु
0
Shares

आज ३१ अक्टोबर अर्थात विश्व सहरीकरण दिवस। विश्वव्यापी सहरीकरणको अवसर, सहरीकरणका चुनौतिका सामना तथा सहरका एक आपसमा सहयोगका आदान–प्रदान गर्दै सहरी विकासका लागि योगदान पुर्याउने उद्देश्यका साथ विश्वभर याे दिवस मनाइँदैछ। 

‘प्रमुख सहरी रूपान्तरण’ मूल नाराका साथ सन् २०१४ मा चीनमा पहिलो पटक सहरीकरण दिवस मनाइएको थियो। यस वर्ष ‘जलवायु लचिलोपनका लागि सहरहरू अनुकूलन गर्ने’ नाराका साथ विश्व सहरीकरण दिवस मनाइँदैछ। 

संसारभर बाढी, खडेरी, समुन्द्री सतहमा आएको वृद्धि, बढ्दो गर्मी, पहिरो तथा आँधी जस्ता जलवायु सम्बन्धी प्रकोपको असर बढ्दै गएको सन्दर्भमा विश्व सहरीकरणको दिवसले खास अर्थ राख्छ।

व्यवस्थित आवास, यातायात, संचार जस्ता दैनिकीलाई सहज बनाउने सबै किसिमका सेवासुविधायुक्त क्षेत्रलाई नै सहर भनिन्छ र यो हुनु वा बनाउनुलाई सहरीकरण भनिन्छ। तर, अहिले सहरीकरणको नाममा प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई मासेर स्मार्ट सहरको नाम झुण्ड्याउने लहर छाएको छ। यस्ता गतिविधिले सहरलाई अस्तित्वहिन मानव बस्ती बनाउनु बाहेक अरु कुनै परिवर्तन गर्न सक्दैन।

व्यवस्थित सहरीकरणमा समयसँगै विकास भएका प्रविधिको प्रयोग हुनु एउटा पाटो भए पनि हाम्रा कला, सांस्कृतिक तथा सामाजिक पहिचानको पनि संरक्षण गर्नु अहिलेको आवश्यकता छ।

Skip This
Skip This
Logo