काठमाडौं । केही दिनदेखि परेको लगातारको झरी आजदेखि सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका धेरैजसो स्थानमा भने शुक्रबारदेखि नै मौसम खुल्दै गएको छ ।
शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही समय कुर्नुपर्ने मौसमविदको भनाइ छ । नेपालमा आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुने र त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधिको विश्लेषणपश्चात मात्रै मनसुन बाहिरिने अवस्थाको अनुमान गर्न सकिने छ ।
आज प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही थेरै स्थानहरुमा मेग गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, र प्रदेश नं २ को एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।





























प्रतिक्रिया