माओवादी निकट पत्रकारलाई प्यानल अधिवेशनको चटारो

माओवादी निकट पत्रकारलाई प्यानल अधिवेशनको चटारो

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्र निकट पत्रकारलाई अहिले जिल्ला अधिवेशनको चटारो छ। केन्द्रको परिपत्र अनुसार सकेसम्म तिहार अगाडि नै अधिवेशन सम्पन्न गर्नुपर्ने निर्देशन अनुसार जिल्ला तहमा माओवादी निकट पत्रकारहरू नेतृत्व लिन तँछाडमछाड गरिरहेका छन्।

महोत्तरीमा पनि अधिवेशनको मिति १५ कात्तिकलाई निर्धारण गरिएको छ। अध्यक्षका आकांक्षीहरू दुई/तीन जना भए पनि द्वन्द्व सिर्जना नहुने गरी सर्वसम्मतबाट नेतृत्व चयन गर्ने केन्द्रीय सदस्य सुनिता बरालले जानकारी दिइन्। उनले भनिन्, 'सकेसम्म मिलाउने प्रयास भइरहेको छ। हामी विश्वस्त छौं कि महोत्तरीमा कुनै मतभेद नभइकन नेतृत्व चयन हुन्छ।'

अहिले नेकपा एमाले र माओवादी एकीकरण हुनुपूर्वको प्रेस सेन्टर नै ब्युँझिएको छ। सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेको पुरानो नै प्रेस चौतारी र माओवादी केन्द्रको प्रेस सेन्टर  ब्युँझिएको हो।

प्रेस सेन्टर महोत्तरीको नेतृत्वको लागि अहिले जिल्लामा क्रियाशील पत्रकारहरू विशाल बस्नेत र धनवीर महतोले उम्मेदवारी दिएका छन्। दुवै जनाले प्रेस सेन्टरलाई बलियो बनाउन भावी योजनाहरू प्रस्तुत गर्दै नेतृत्व आफूले गर्न पाउनुपर्ने अडानमा छन्।

पेसागत हकहितको सुनिश्चितता तथा पत्रकारिताका सैद्धान्तिक पाटा र मर्यादाहरूमा कुनै आँच आउन नदिनेगरी प्रेस सेन्टरलाई मजबुत बनाउन दुवै उम्मेदवारले प्रतिबद्धता जनाएका  छन्।

Logo