आज धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवस मनाइँदै

आज धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवस मनाइँदै

केन्द्रबिन्दु
0
Shares

आज आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको अवतार जयन्ती। आज धन्वन्तरी जयन्तीका साथै नेपालभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय आरोग्य दिवससमेत मनाइँदैछ।

कात्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता भगवान् धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ। सत्य युगमा समुद्र मन्थन गर्दा अमृतको घडासहित कात्तिक कृष्णपक्ष त्रयोदशीका दिन भगवान् धन्वन्तरीको प्रकट भएको थियो। धन्वन्तरीलाई भगवान् विष्णुका २४ वटा अवतारमध्ये एक अवतार मानिन्छ।

आयुर्वेदको ज्ञान सर्वप्रथम आत्रेय ऋषिले लिएको कथन रहेको छ। एक लाख श्लोक र एक हजार अध्याय भएको ब्रह्मसंहिताको ज्ञान आत्रेय ऋषिले लिएका थिए। यही संहितालाई पछि आठ भागमा विभाजन गरियो, जसलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ।

भगवान् धन्वन्तरीको जन्मजयन्तीको अवसरमा आज काठमाडौंको वैद्यखानामा धन्वन्तरी भगवान्‌को विशेष पूजाआजा गर्ने गरिन्छ।

२०५६ सालमा पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमन्त्री हुँदा आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा नेपालमा धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने निर्णय भएको थियो। त्यसपछि नियमितरूपमा यो दिवस मनाइँदै आइएको छ।

Skip This
Skip This
Logo