कोरोना अपडेटः ५५५ जना कोरोना संक्रमण मुक्त, ४६९ जनामा संक्रमण पुष्टि

कोरोना अपडेटः ५५५ जना कोरोना संक्रमण मुक्त, ४६९ जनामा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ जनाको पीसीआर परीक्षण गर्दा ४२२ जना र ३ हजार १७२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी ४६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४२७ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ९२ हजार ८३२ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १३ हजार ४३३ र एन्टीजेनबाट ९४ हजार ६४७ पुगेको छ। 

नेपालमा हाल ९ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन्। 

Logo