दिक्तेलमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

दिक्तेलमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन

केन्द्रबिन्दु
0
Shares

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले मंगलबार प्रहरी चौकीको साँढे दुई तले कार्यालय भवन उद्घाटन गरेका हुन् ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, सहरी विकास तथा भवन कार्यालय, ओखलढुंगामार्फत प्राप्त दुई करोड दुई लाख दुई हजार चार सय १४ रुपैयाँ लागतमा भवन निर्माण भएको हो । स्व। त्रिभुनारायण श्रेष्ठ, स्व। हरिकुमार श्रेष्ठ, स्व। जगातबहादुर श्रेष्ठ तथा स्थानीय पदमबहादुर श्रेष्ठ र बमबहादुर श्रेष्ठले निःशुल्क उपलब्ध गराएको पाँच रोपनी जग्गामा भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा कार्यालय प्रमुख कक्ष, प्रबन्ध शाखा, प्रहरी जवानको दुई वटा ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, चार वटा शौचालय लगायत छन् । यो भवन निर्माण कम्पनी गोर्खा रुजन जेभीले ३ पुस २०७७ मै प्रहरी चौकीलाई हस्तान्तरण गरेको थियो । प्रहरी नायव महानिरीक्षक बिसीले १५ कात्तिकमा ओखलढुंगाको प्रहरी चौकी कोषाहाटको आठ कोठा भएको दुई तले कार्यालय भवन उद्घाटन गरेका थिए । 

Logo