काठमाडौं उपत्यकामा १३७ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १३७ जना कोराेना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३७ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ८४, भक्तपुरमा १९ र ललितपुरमा ३४ संक्रमित थपिएका हुन्।

५१८ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १२५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४२९ पुगेको छ। 

कूल निको हुनेको संख्या ७ लाख ९३ हजार ७८९ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १४ हजार ११५ र एन्टीजेनबाट ९४ हजार ७९५ पुगेको छ। 

नेपालमा हाल ८ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन्। 

Skip This
Skip This
Logo