हुक्के–हुक्का खेलेर थारु समुदायमा लक्ष्मी भित्र्याइयो

हुक्के–हुक्का खेलेर थारु समुदायमा लक्ष्मी भित्र्याइयो


लक्ष्मी पूजाको साँझमा उदयपुरका थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट निकासी सकेपछि बाँकी रहेको सिन्का) बाट बनाइएको हुक्के–हुक्का खेलेर लक्ष्मी भित्र्याएका छन्। उदयपुरमा थारु समुदायले लक्ष्मीलाई र नकारात्मक पक्षलाई पन्छाउन हुक्के हुक्का खेल्ने चलन छ।

उनीहरुले लक्ष्मी पूजाका दिन आफ्नो घरमा सनपाट नभए छिमेकीसँग मागेर भए पनि ल्याएर हुक्के–हुक्का खेल्ने गरेको थारु पण्डित बासुदेव चौधरीले जानकारी दिए।

उनका अनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा खेल्दै आएका छन्। तराईमा बस्ने आदिवासीले  घनघोर जंगलमा बस्दा भूत, पिचासलगायतका नकारात्मक शक्तिबाट मुक्त रहन र बालीनाली राम्ररी सप्रियोस भनेर यो खेल्ने चलन बसालेको उनको भनाइ छ। सनपाटको सन्ठी नहुँदा हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको उनले बताए। 

थारु समुदायको यो संस्कारलाई युवाहरुले बचाउनु पर्ने त्रियुगा नगरपालिका १२, पुरानो गाईघाटका प्रथमलाल चौधरीले बताए। परम्पराअनुसार हुक्के घरको दलिनमा राखेको दियोमा हुके हुक्का सल्काउने गरिन्छ। सल्कि सकेको हुके हुक्कालाई तीन पटकसम्म देउता घरको चारैतिर घुमि दोबाटो वा खाली चौरमा पुर्याएर खेल्ने चलन छ। खेल्दा उनीहरुले यस्तो भन्ने गरेका छन्।

हुक्के हुक्का खेलेको ठुटोलाई तरकारी बारीमा राख्ने गरिन्छ। यसले राम्रो फल दिन्छ भन्ने मान्यता छ। जलेको हुके हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलनसमेत छ। 

Logo