देवी देवताको आकृति बनाएर गोवर्द्धन पूजा मनाइयो

देवी देवताको आकृति बनाएर गोवर्द्धन पूजा मनाइयो

केन्द्रबिन्दु
0
Shares

देहातमा गाईबस्तु पाल्ने सबैले आ-आफ्नो गोठमा विभिन्न देवी देवताको आकृति बनाई गोवर्द्धन पूजा गरेका छन्।  देहातमा वर्षौँदेखि लक्ष्मी पूजाको भोलिपल्ट गाई भैँसी बाँध्ने गोठमा गोवर्द्धन पूजा गर्ने चलन रहेको राजविराज ९ कि विमला देवी यादवले बताइन्।

तराई मधेसमा गोवर्द्धन पूजा मनाउने छुट्टै परम्परा छ । गौ रक्षा एवं पर्यावरण संरक्षणको प्रतीकको रूपमा गोवर्धन पूजा गर्ने जनविश्वास छ।
गाईबस्तु पाल्ने सबैले आ आफ्नो गोठमा अनिवार्य रूपमा  गोवर्द्धन पूजा गर्दै आएका छन्।

Logo