कस्ताे छ आजकाे राशिफल?

कस्ताे छ आजकाे राशिफल?

केन्द्रबिन्दु
0
Shares

आज २१ कात्तिक, आइतबार। ७ नोभेम्बर। कात्तिक शुक्लपक्ष तृतीया, ज्येष्ठा नक्षत्र, चन्द्रमा वृश्चिक राशिमा रहेको छ। सूर्योदय बिहान ६ बजेर १९ मिनेट र सूर्यास्त ५ः१४ मिनेटमा हुनेछ। आजको देवता र ग्रह दुवै चन्द्र रहेको छ। आइतबारलाई आदित्यबार पनि भनिन्छ। आइतबार बिहान सूर्योदयको दर्शन गर्नु उत्तम मानिन्छ। कुनै पनि नयाँ कार्य गर्दा आइतवारबाट पनि सुरु गर्न सकिन्छ। आज अभिजित मुहूर्त ११ः२६ देखि सुरु भएर मध्यान्ह १२ः१० सम्म रहनेछ। यो मुहूर्त शुभकार्यका लागि उपयुक्त मानिन्छ। त्यसैले कुनै शुभ कार्य गर्दा यो समयलाई लिन सकिन्छ ।                          

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला। मनमा अनेक सोच र चिन्ता छाउने छ। त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला। आकस्मिक संकट आउनसक्ने छ। आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ कामका अघि बढ्नु बेश हुनेछ।                  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
अर्थलाभ हुनेछ। व्यापार ब्यवसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा ख्याल राख्नुहोला। तपाईँको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ। 
 
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
स्वास्थ्यमा सुधार हुनेछ। धनलाभ र नयाँ सुखद खबरले तपाईँलाई खुसियाली छाउने छ। घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ। त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ। राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ। 
 
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ। तपाईँले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ। त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु बेस हुनेछ । नियमित कामबाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन।       
 
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले आइतबार बिहान सूर्योदयको दर्शन गर्नुहोला। तपाईंलाई अनावश्यक विवाद हुनसक्छ। आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला। पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ। त्यसैले आजको दिन मौन रहेक आफ्नो कार्य गर्नुहोला। 
 
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) 
छोटो दूरीको यात्रा हुनसक्छ। नयाँ मित्रमण्डलीसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउन सक्छ। आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्राे हुनेछ। कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईँलाई उनको आशीर्वादले तपाईँमा सकारात्मक सोच बढ्नेछ। 
 
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता हुन सक्छ। त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ। व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईँलाई हानी हुन सक्छ। यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ। आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला। 
 
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
चन्द्रमाको प्रभावले सोचेका काम बन्नेछन्। बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला। मनमा प्रसन्नता र उत्साह बढ्ने छ। तपाईँले कुनै नयाँ कामको शुरुवातसमेत गर्न सक्नुहुनेछ। आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ। 
 
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ। त्यसैले काम गर्दा विचार पुर्‍याउनु होला। आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। 
 
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
व्यापारबाट लाभ हुनेछ। परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईँले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउन सक्छ। सकारात्मक सोच र मनमा उर्जा थपिने छ। आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ। आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ।  
 
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा प्रसन्नता छाउने छ। कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ। व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला। सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। तपाईँलाई हौसला दिनेछन्। सामाजिक काममा मन जानेछ। 
 
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ। आजको दिन तपाईँले गर्ने काममा सकारात्मक सोच आउने छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ। तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ। 

Logo