सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या बाह्र पुगेको छ।
शनिवार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो। उक्त बसमा ३० जना यात्रु सवार थिए। बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ। घाइतेहरूका अनुसार बस निकै नै तिव्रगतिमा थियो।
मृतककाे विवरण
१)सल्यान जिल्ला छत्रेश्चरी गाउँपालिमा-२ बस्ने २९ बर्षका तिलक ओली
२) दाङ जिल्ला घोराही उपमहानगरकाे नारायनपुर बस्ने ६५ बर्षकी इन्द्रा अधिकारी
३) दाङ जिल्ला बबई गाउँपालिका-६ पन्चकुले बस्ने ७० बर्षकी कलावती बुढाथोकी
मृतक भएका १२ जना मध्ये १० महिला २ पुरुष रहेका छन्। तीन जनाको परिचय खुले पनि अन्य नाै जनाकाे भने परिचय खुल्न बाँकी रहेकाे छ।































प्रतिक्रिया