सम्प्रदायिक सद्भावमा खलल पुग्ने भन्दै जनकपुरमा निषेधाज्ञा

सम्प्रदायिक सद्भावमा खलल पुग्ने भन्दै जनकपुरमा निषेधाज्ञा

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

शनिबार धनुषा जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठा भन्ने ठाउँमा केही उच्छृङ्खल व्यक्ति तथा समूहहरुले जिल्लामा सम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरिरहेकाले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।

पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म चारकिल्ला तोकेर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञामा कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने उल्लेख छ। दिउँसो २ बजेदेखि लागू भएको निषेधाज्ञा आइतबार राति १० बजेसम्म कायम रहनेछ।

निषेधाज्ञा उल्लंघन गर्ने जो सुकैलाई प्रहरीले कानून बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ।

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा लगाउने निर्णय गरिएको हो।

Skip This
Skip This
Logo