पार्किङमा राखिएको स्कुल बसमा आगलागी

पार्किङमा राखिएको स्कुल बसमा आगलागी

केन्द्रबिन्दु
0
Shares

बेंसीसहर नगरपालिका-७, मा सञ्चालित ल्याण्डस्टार आवासीय माध्यमिक विद्यालयको बसमा आगलागी भएको छ। 

पार्किङ गरेर राखिएको ग१क २८२५ को बसमा आइतबार दिउँसो एक्कासी आगो लागेको प्रहरीले जनाएको छ। ल्यान्डस्टारद्वारा संचालित किड जोन मन्टेश्वरीको अगाडि क्षेत्रमा पार्किङमा राखेको बसको इन्जिनबाट आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदीश रेग्मीका अनुसार बसमा आगो लागेको जानकारी आएपछि प्रहरी खटिएको थियो। प्रहरी, स्थानीय, शिक्षक, अभिभावक, विद्यार्थी मिलेर आगो नियन्त्रणमा लिन सफल भएको उनले बताए।

उनका अनुसार सवारी चालकको सिटमुनी इन्जिनबाट एक्कासी आगो निस्केको देखिएको छ। बसको बाहिरी भागमा खासै असर नपरेको देखिए पनि भित्रपट्टी अगाडिको इन्जिन भएको ठाउँमा क्षति भएको उनले बताए। 

प्रिन्सिपल ईश्वर पौडेलले बसको इन्जिनमा क्षति पुगेको बताए। प्रहरी, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय सबै मिलेर आगो निभाएको उनले बताए। 

Skip This
Skip This
Logo