इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन्।
भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। घटना साेमबार साँझ पौने ६ बजे भएकाे हाे।
काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेकाे प्रहरीकाे दाबी छ। चक्कु प्रहार गरेर दाजुकाे हत्या गरेकाे आराेपमा प्रहरीले चक्रलाई चक्कुसहित नियन्त्रणमा लिएको छ।































प्रतिक्रिया