अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
यस्तो छ तीन दिनको पूर्वानुमान
आज
दिउँसो: प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
राति: प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू-भागहरू आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
शुक्रबार
दिउँसो: सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू-भागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति: सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू-भागहरूसहित वाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार
दिउँसो: वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति: वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।





























प्रतिक्रिया