काठमाडौं उपत्यकामा आज १२० जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ९० भक्तपुरमा पाँच र ललितपुरमा २५ जना संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र ३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४८९ पुगेको छ। कूल निको हुनेको संख्या ७ लाख ९९ हजार १७६ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १८ हजार ३०७ र एन्टीजेनबाट ९५ हजार २५० पुगेको छ।
नेपालमा हाल ७ हजार ६४२ जना सक्रिय संक्रमित रहेका छन्।





























प्रतिक्रिया